• २०८१ मङ्सिर २४ गते सोमवार

अबैध लाखौं रकम सहित नेपालगञ्जको रुपैडियाबाट ३ जना भारती प्रहरीको नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

कात्तिक २२, नेपालगञ्ज । नेपालगञ्जमा शुक्रबार बिहानै नेपाल–भारत सिमाना रुपैडियाबाट ३ जना नेपाली महिलालाई भारतिय सुरक्षाकर्मिहरुले पक्राउ गरेको छ ।

अवैध रुपमा नेपाली युवतीहरुलाई खाडी मुलुक पठाउने एक महिला सहित ३ जना नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको जनाएको छ । मानव बेचबिखन अन्र्तगत नेपालबाट भारतिय बाटो हुदै तेस्रो मुलुकमा रोजगारिको नाममा नेपाली महिलाहरु बेचबिखन अत्याधिक बढेपछी भारतीय सुरक्षाकर्मीहरुले पनि सिमानामा निगरान क्रममा भोजपुर जिल्ला निवासी कल्पना राईलाई रुपैडियाबाट चेक जांचको क्रममा पक्राउ गरेको हो । । रोजगारीको प्रलोभन देखाएर कल्पनाले २ महिलालाई नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएकी थिइन् ।

खाडी जान लागेका दुई महिलाको परिचय खुलाइएको छैन । हाल उनीहरु रुपैडियामा सुरक्षाकर्मीको नियन्त्रणमा छन् । बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो ।सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस