हिम श्रेष्ठ ,तनहुँ
छिटो घर फर्की आउ भन्छिन् सासुकी छोरिले
अब त परदेश नजाउ भन्छिन् सासुकी छोरिले
खनी खोस्री कोदो मकै आफ्नै पाखा पखेरोमा
मिठो न मिठो खाउँ भन्छिन् सासुकी छोरिले
तिमी बिना यो मुटु छिया छिया नै भै सकेको छ
निको पार मुटुको घाउ भन्छिन् सासुकी छोरिले
सानो कुरा पायो भने बढाई चढाई गर्ने समाजमा
आफ्नो इज्जत बचाउ भन्छिन् सासुकी छोरिले
कति बस्नु सधैं एक्ला एक्लै दुई दिने चोलामा
बुढेस्कालमा सँगै रमाउँ भन्छिन् सासुकी छोरिले
हाल : अफ्रिका