• २०८२ जेष्ठ ३ गते शुक्रवार

मध्यरात बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–६ महेश दोभानमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ८८२१ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प ८८७९ नम्बरको मोटरसाइकललाई राति २ बजे ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–४ बेल्खुका १७ वर्षीय सन्दिप श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

दुर्घटना पश्चात् बस चालक फरार रहेको प्रहरीको भनाइ छ । फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी बैरेनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस