• २०८१ जेष्ठ ७ गते सोमवार

प्रदेश नं. ३ का मुख्यमन्त्रीद्धारा दशैंको शुभकामना व्यक्त

पढ्न लाग्ने समय : १ मिनेट

बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आज सन्देश दिँदै उहाँले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने सकिने उल्लेख गर्नुभएको छ । उहाँले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, ‘धार्मिक तथा सांस्कृतिक नै हाम्रो एकताको आधार हो, पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नु छ ।’ सन्देशमा पौडेलले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश नं ३ सरकार दृढतापूर्वक लागिपरेको बताउँदै समृद्धिका लागि हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस