- बिनोद दर्नाल
भाद्र २२,काठमाडौं । यो बर्षकै प्रतिक्षित चलचित्र “कबड्डि कबड्डि कबड्डि” असोज ३ गते रिलिज हुदैछ । कबड्डि र दोस्रो सिक्वेल नै सुपर हिट भए पछि , तेस्रो सिक्वेलको लागि दर्शक लाई ठूलो प्रतिक्षा छ ।
भाद्र १३ लाई रिलिज मिति तोकिए पनि बिबिध कारण ,बस असोज ३ को लागि रिलिज तोकिएको फिल्मले प्रचारको गज्जव शैली अपनाएको छ । सोही अनुसार बिधालय स्तर का बिद्यार्थीहरु लाई नेपाली चलचित्र प्रती आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्रको अधिक जानकारी दिने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको निर्माता मनिराम पोख्रेल ले बताउनु भयो ।
हाजिरी जवाफ प्रतियोगिता प्रदेश एक को विभिन्न सहर हरुमा आयोजना गरिने बताइएको छ । फिल्म को पहिलो गीत “दुबो फुल्यो” बिबाद सङ्गै हिट भयो भने शीर्ष गीत र्याप शैली मा रिलिज गरे पछि युवाहरुले अत्यधिक मनपराएका छ्न। “कबड्डि कबड्डि कबड्डि” को ट्रेलर भने यतिबेला ट्रेन्डिङ्ग मा छ । समाजमा भएको यावत कुर लाई टपक्क टिपेर पारिवारिक र कमर्सियल फिल्म बनाउन माहिर निर्देशक रामबाबू गुरुङ ले निर्देसन गरेको फिल्म ले यो सिक्वेल मा भने स्वजातिय प्रेम कथा र बिबाह को कुरा लाई देखाइएको छ ।
यश फिल्म का मुख्य पात्रहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल लाई प्राथमिकताका साथ मा फेरी पनि एउटै मैया को लागि ३ जना युवाहरु विच को भिडन्त्त लाई गज्जव ले प्रस्तुत गरीएको छ । फेरी पनि प्रस्तुत ट्रेलर मा कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत गराएको छ ।
सफल चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेल अर्थात ब्रान्ड नाम, प्रतिष्ठित ब्यानर, नाम चलेका कलाकारहरु र एकपछि अर्को फिल्मबाट दर्शकको विश्वास जित्न सफल निर्देशक र कलाकारहरु जोडिएका कारण पनि यो फिल्मको ट्रेलरको लामो समयदेखि प्रतिक्षा भइरहेको थियो । असोज ३ मा रिलिज हुने फिल्म “कबड्डि कबड्डि कबड्डि” दसैको बेला सोलो रिलिज पाउदैछ , तेसैले पनि बम्पर व्यापार गर्ने मा २ मत छैन ।
“कबड्डि कबड्डि कबड्डि” को ट्रेलर हेर्नुहोस् :