भाद्र २२ भक्तपुर। भक्तपुरको लोकन्थलीबाट शनिबार राति बा ७९ प २७४१ नम्बरको स्कुटरलाई चेकिङ्ग गर्ने क्रममा लागु औषधि र हतियार सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा गोर्खाको सिरानचोक-२ का २१ वर्षीय सुरथ थापा र भक्तपुरको बालकोटका २० वर्षीय कविराम पसखल रहेका छन् ।लागु औषधि नाईट्रोभेट १२ ट्याब्लेट, १ थान चक्कु र १ थान कैची उनीहरुको साथबाट प्रहरीले बरामद गरेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।