• २०८१ फाल्गुन ७ गते बुधवार

अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो ; राष्ट्रपति भण्डारी

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२ काठमाडौँ,। आज राष्ट्रपति भवन शीतलनिवासमा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउन भयो ।

शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउन भयो ।‘सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ भन्नूभयो ।’बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने राष्ट्रपति भण्डारीले भन्नूभयो । ।

प्रतिक्रिया दिनुहोस