भदौ २२ दाङ ।तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी अनूशार शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका हून।उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ।चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ