- सागर थापा
भाद्र २२ बाँके । बाँकेका छाडा गाई दैलेख लैजाने क्रममा सुर्खेत जंगलमा हत्या गरिएको प्रकरणमा नेपालगन्ज उपमहानगरपालिकाको इन्स्पेक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई शुक्रबार पक्राउ गरेको हो ।
उनीसँगै चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पनि पक्राउ गरिएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी वसन्त रजौरेका अनुसार उनीहरु दुवैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाईरगोरु सुर्खेतमा भीरबाट खसालिएको थियो । जसमध्ये ४० वटा गाई मरेका र कयौं घाइते भएका थिए ।
गाईरगोरु ८ वटा ट्रकमा राखेर दैलदेख लैजाने कामको जिम्मेवारी बोगटीले नै लिएका थिए । यससँगै उक्त प्रकरणमा हालसम्म ९ जना पक्राउ परेको सुर्खेत प्रहरी प्रमुख एसपी रजौरेले बताए ।