• २०८२ बैशाख ६ गते शनिवार

बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम हिनामिना, २ जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता 

पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, सल्यान । सल्यान साविक काप्रेचौर गा.वि.स.का तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जनालाईं आज बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स.मा लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम रू.१,०३,०००। हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९ङ०  बमोजिम कसुर गरेको पुष्टि भएको हो ।

तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) प्रतिवादी उपर बिगो रु.३३,८६०। कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन माग दावी लिइएको छ ।

त्यस्तै बाल सरक्षण तथा सम्बर्द्धन उप समितिका संयोजक खगेन्द्र बस्याल सार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सोही कसुर गरेको पुष्टि भएको हुँदा  खगेन्द्र बस्याल सार्की उपर बिगो रु.३३,८६०। कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग दावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस