• २०८१ बैशाख ४ गते मङ्गलवार

शिक्षा दिने शिक्षकको नै प्रमाण पत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, कपिलबस्तु । श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका वडा नं. २, ठूलोनन्दनगर, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम विरूद्ध विशेष आदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

शिक्षक सुशीलादेवी गौतमले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकोले छानविन गरी पाउँ भन्ने समेत व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा निज सुशीलादेवी गौतमले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको किशन इन्टर कलेज उष्का बजार, सिद्धार्थनगर भारतबाट प्राप्त हाइस्कूल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएको पाईएको हो ।

शिक्षक सुशीलादेवी गौतमको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुनआएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १६(१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस