साउन २३, काठमाडौं । डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।
उनलाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय, सुर्खेतले रू. ४ लाख सहित पक्राउ गरेको थियो । सोही कोठाभित्रको स्टिलको दराज भित्र रू.पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि रू.४ लाख घुस लिएको पुष्टि हुन आएको छ ।
आरोपित लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज लामालाई बिगो रू.४ लाख मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै आरोपित भक्त बहादुर लामाको निवास कोठाबाट बरामद भएको अतिरिक्त रकम रू.५ लाख पचास हजारको हकमा सम्पत्तिसम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।