• २०८० मङ्सिर १६ गते शनिवार

सिरिन्ज आक्रमणको आशंका : बसभित्रै युवती चिच्याएपछि‍‍‍‍ …

पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काभ्रे । काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएकाे छ ।

सोमबार दिउँसो १ बजे स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई सिरिन्ज आक्रमणको आंशकामा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।

यस्तो छ घटना
(नाम परिवर्तन) आर बनेपास्थित चार दोबाटोबाट काठमाडौं जान बस चढिन् । बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको महसुस गरिन् ।

बसेर यात्रा गरेकी ती युवतीले उभिएर यात्रा गरेका नजिकैका पाठकले आफूलाई सिरिन्जले घोचेको भन्दै चिच्याइन् ।

ती युवती चिच्याएपछि बसमा सवार अन्य यात्रुले नियन्त्रणमा लिएर पाठकलाई कुटपिट समेत गरेको एसपी सापकोटाले बताए । उनले भने, “युवती चिच्याएपछि पाठकलाई बसबाट बाहिर निकालेर कुटपिट समेत गरेछन् ।”

युवतीलाई तिखो वस्तु घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै नजिकै रहेको प्रहरी घटनास्थलमा पुगेको एसपी सापकोटा बताउँछन् ।

एसपी सापकोटाले आफैँ घटनास्थल पुगेर पाठक र ती युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए ।

पाठक लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए ।

काभ्रेमा दुई साताअघि पनि एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस