• २०८२ बैशाख ५ गते शुक्रवार

दरिलो संभावना ओझेलमा गोजेपोखरी

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

असार २२, इलाम । इलामको रोङ गाउपालिका वडा नं २ मा रहेर दरिलो संभावना बोकेको गोजेपोखरी संरक्षणको अभावमा ओझेलमा परेको छ ।

प्राचिनकालमा प्रकृतिक पोखरी नै रहेको मानिने शितल हावापानी र सुन्दर दृश्यावालोक गर्न सकिने बदटारमा अवस्थित सो पोखरी अहिले मावन अतिक्रमण र बेवस्ताको कारण पुरिएर थलले जमिनको रुपमा रहेको यसको संरक्षण र संबर्धन गर्न सके इलामे भुमिमा अर्को पर्यटकिय केन्द्रको रुपमा आउन सक्ने रहेको छ । समुनद्र सतहकाट ४ सय ६० मिटरको उच्चाइमा रहेको झापाको खुदुनाबारीबाट १४ किलोमिटर उत्तरमा सुन्दर सामुदायिक बन क्षेत्रमा अवस्थित दुइवटा पोखरी मध्ये एउटामा अहिले पनि पानी जमेको देख्न सकिन्छ । नजिकै अग्लो डाडो रहेको सो पोखरी आसपासको जग्गा अहिले स्थानिय नागरिकहरुले उपभोग गरेपनि निजी स्वामित्व भने कसैको पनि छैन । अहिले रहेको एक पोखरीमा पानी रहेको र अर्को पोखरीको संबर्धन गर्न सके पानीको ब्यवस्था गर्न पनि संभावना रहेको स्थानिय बासीहरुको भनाइ रहेको छ ।

नजिकै औधि उर्वर भूमि बदमटार तलतिर अग्लो डाडो जहा भ्यु टावर बनाउने हो भने इलाम र झापाका धेरै भूभागको दृश्यावलोकन गर्न सकिन्छ शितल हावापनी तरराइमा गर्मी बढेको बेला शितललिने गन्तब्य र पोखरीमा डुङ्गा शयर, मत्च्छ पालनको संभावना मात्र हैन पोखरीमा पानी संकलन गरिदा धनसार ,मैगलटार ,दुधै लगायतको भूमिमा सिन्चित हुनसक्ने देखिएपनि अहिले सम्म कसैको ध्यान नगएको स्थानिय चन्द्रकान्त पौडेलले बताए । सडक संजालले जोडिसकेको सो भूभागमा झपाको खुदुनाबारीबाट पदमार्ग र पिकनिक स्पोटको बिकास मात्रै हुने हो भने पनि पर्यटकको चाप बढ्न सक्ने देखिन्छ । यहाको जमिनको उर्बरता र वाताबरणको शुद्धता देखेर बसोबासको क्षेत्र र कृषि फारमै संचालन गर्न थालिसकेको भएपनि स्थानिय बासीहरुले भने त्यति महव्ब दिएका छैनन् ।

उक्त उर्बर भूमिलाइ मेची सहकारी संस्थाको सहयोगमा गाउ पलिकाले मकै उत्पादन र धानको बिउ उत्पानको पकेट क्षेत्र घोषण गरि कार्य थालेको रनिश्चल पोखरेलले कृषि फारम दर्तागरि गाइ, बाख्रा , पाडो कुखुरा र हासको ब्यवसाहिक पालन थालेका र नोवल अस्पताल बिराटनगरका डा हेम सागर रिमाल सहितको टोलिले बसोबासको लागि जग्गा समेत खरिद गरिसकेको स्थानिय गोमा ढुङ्गनाले बताए । यता वडाले पनि स्थानियबासीहरुको परामर्स लिएर पर्यटकिय स्थान बनाउने योजनामा आफु लाग्ने सोच रहेको वडा नं २ का वडाध्यक्ष टेक बहादुर तामाङ बताउछ् ।

पर्यटन ब्यवसायले फड्को मादै गरेको हाम्रो देशमा कैयौ प्राकृतिक सुन्दरता र महत्व बोकेका यस्ता भूमिहरुको पहिचान र बिकास हुन सकेको छैन । स्थानिय नागरिक , जनप्रतिनिधिहरु, सरोकारवला सबैको प्रयासबाट यस्ता रमणिय स्थलको बिकास गरेमा स्थानिय बासीहरुको जीवनस्तर उकासी समृद्ध नेपाल र शुखी नेपालीको नारा ब्यबहारमा आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस