असार २३, काठमाडौं । कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरी हवल्दारसहित ६ जना पक्राउ परेका छन् ।
सुकेधारको डाँफे रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट कस्तुरीको बिनासहित ६ जनालाई आइतबार साँझ ५ः३० बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले पक्राउ गरेको हो ।
रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित ६ जनालाई पक्राउ गरिएको पुष्टि गरे ।
पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द, नवराज बस्नेत, सुनील बिष्ट र गेष्ट हाउसका ३ कर्मचारी रहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।