• २०८२ बैशाख ७ गते आइतवार

लोप हुँदै दैलेखको साँवर छाला

पढ्न लाग्ने समय : ४ मिनेट

असार २३,दैलेख । दैलेख नारायण नगरपालिका –१ भगवतीटोल स्थित पाईने दैलेखको चिनो सावँर छाला लोप हुँदै गएको छ । जिल्लाको चिनोको रुपमा रहेको उक्त सावँर आवाश्यक जनशक्ति र प्रयाप्त स्रोत साधनको कमिका कारण लोप हुँदै गएको हो । सावँर दशैभरि मध्ये दैलेखमा मात्र पाइन्छ । ‘कुनै समयमा देश भित्र मात्र नभई विदेशमा सम्म पुगेको सावँरबाट निर्माणधिन बस्तुहरुको लोकप्रियता निकै थियो ।
अहिले पनि फाट्ट फुट्ट हरेक कार्यक्रम ,गोष्ठिहरुमा उपहार स्वरुप सावँरबाट निर्माणधिन सामाग्री चिनोको रुपमा दिने गरेको पाईन्छ । जंगली जनावर मृग ,रतुवाको छालाबाट निर्मित सावँरको जुत्ता, चप्पलको माग दिनानुदिन बढदै गएको छ, भने सावँर छाला लोप हुने क्रममा छ । अझै पनि चाडपर्व नजीकिँदै गर्दा विभिन्न पेशा,व्यवसायका उपभोक्ताले सावँर जुत्ताको धमाधम ‘अर्डर’ दिने गरेको व्यापारी सँकर वलयकोटिले बताए ।
सदरमुकाम स्थित व्यावसायीहरुलाई कुनै समय ग्राहकको मागलाई पुरा गर्न सक्दैनथे । पछिल्लो समय सावँर छालाका सामाग्री निर्माण सँगै विक्री गर्ने व्यवसायी धेरै नभएकोले आफुले छाला पाए सामाग्री बनाउने र नपाईए निर्माण नगर्ने गरेको उनी बताउँछन् । उनका अनुसार विगतका दिनहरुमा सावँरबाट निर्माणधिन सामाग्री जापान समेत निर्यात भएको हो तर, हाल त्यस्तो अबस्था छैन पछिल्लो समय आझेलमा छ सावँर छाला ।’ जिल्लाबाट बाहिरिने अधिकांशले चिनोका रूपमा सावँर जुत्ता,चप्पल आफ्ना आफन्तलाई लिने गर्छन् ।

                              खाडिमा पुरानै तरिकाले प्रशोधन गर्दे एक व्यावसायी । तस्वीर / पंखबहादुर शाही 
पछिल्ला बर्षहरुमा जंगलहरु सामुदायिक,राष्ट्रिय वनका रुपमा संरक्षण भईसकेकोले वन्यजन्तु र बोटविरुवाको दहन गर्न पाईँदैन । ‘जसले गर्दा सजिलै सावँर छाला निर्माण व्यावसायी मारमा छन् । ग्राहकको मागलाई धान्ने छाला पाउनै मुस्किल छ । आफ्नो पुर्खाको पेशालाई लोप हुन दिनुहुन्न भन्ने उद्ेश्यले ‘आफुले बाहिर बाट छाला खरिद गरि केहि मात्रामा सामाग्री निर्माण गर्ने गरेको वयलकोटि बताए । छालाको माग र डिमाण्ड उत्तिकै उच्च भएकोले सिकारीहरुले सिकार खेल्न गएका वेला मारिएका मृगका छाला ल्याउने र आफुकहाँ विक्री गर्न आउने गर्छन उनले भने । ‘सावँरबाट बनाईएका सामान आकर्षक, बलियो र पालिस लगाउन नपर्ने भएकाले यसलाई बढी रुचाईएको मानिन्छ । पानीबाट भने,यस्लाई बचाउनु् पर्छ ।
सावँर छाला बचाउँन सरकारको बजेट
सावँर छालालाई बचाउँनको लागिे चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले रु.४० लाख बजेट विनियोजन गरेको छ । नारायण नगरपालिकाले आवाश्यक बजेट छुट्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । सबै भन्दा पहिला त, वन्य जन्तुबाट नभई घरपालुवा जनाबरबाट के–कसरि प्रशोधन गर्न सकिन्छ ? भन्ने ,बिषयमा अध्यन ,सम्भाव्यत गरिरहेको नारायण नगरपालिका नगर–प्रमुख रत्नबहादुर खड्काले बताए । ‘बँगुर र राँगाको बदशाला बनाउँने प्रयास गरिरहेको उनको भनाई छ । ’वन्यजन्तु र बोटविरुवा मास्न नपाईने भएकाले बदशाला मार्फत कार्य गर्ने योजना छ ,उनले भने । सावँरको ठुलो माग र डिमाण्ड भएकाले जोगाउन हर प्रयास भैरहेको छ । सावँरलाई जोगाउन सके र व्यापारिकरण गर्न सके जिल्लाकै नाम रहने देखिन्छ ,खड्काले भने ।
अहिले वाहिरबाट निर्यात हुने सामानले गर्दा पनि सावँर लोपको संघारमा परेको हो । नगरपालिकाले सबैभन्दा पहिले खाडी निर्माण गर्ने योजना बनाएको छ । अरु जातीले यस्तो काम गर्न सक्दैनन, सार्कि समुदायका नयाँ पुस्ताहरु यो काम गर्न नरुचाउने भएकाले नगरपालिकाले विभिन्न शिपमुलक तालिमको व्यवस्था गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । विभिन्न क्यामिकलको, प्रयोग हुने र काम गर्न सहज वातावरण नहुँने भएकाले युवा पुस्ताले काम गर्न रुचाउँदैनन । हाल खाडि त्यहि समुदायका एकजना मञ्जरि माईला नामले चिनिने व्यक्ति बसाई सरि भगवतीमाई गाउँपालिकामा नै खाडि बनाउने गरेको स्थानीय बताउँछन । यस्तो पेशा २०६४ साल यता कसैले नगरेको पाईन्छ । अहिले फाट्ट–फुट्ट गरेको देखिए पनि व्यावसायी रुपमा कसैले गरेको पाईदैन ।
केहि बर्ष पहिले खोजी कार्य गर्नको लागि काठमाडौँ राज्यका उच्चस्तरमा रहेको व्यक्तिहरु दैलेख आएको तर,काम गर्न नसकिएकाले फर्किएको स्थानीयको भनाई छ ।‘सावँरको महत्व निकै छ ।’ ‘हाल सावँरको एक जोडि जुत्तालाई रु.४हजार देखि ६ हजार मुल्य छ । अहिले पनि आफुलाई स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट फोन आउने गरेको तर ,पुर्ति गर्न नसकेको हालका एकमात्र सावँर छाला व्यवसायी सँकर वयलकोटिले बताए ।
स्थानीय स्तरमै रोजगारी शिर्जना
सार्की समुदायको परम्परागत उक्त पेशालाई प्रयोगमा ल्याई सावँरको छाला उत्पादन तथा व्यवसायीकिकरण गर्ने सके यहाँ सयौँ युवा रोजगार पाउनुका साथै यहाँको आय–आर्जनमा वृद्धि हुने देखिन्छ । सावँर छाला उद्योगलाई थप व्यवसायीक बनाउन र देशैभरी निर्यात गर्न राज्यले विशेष पहल गर्नुपर्ने देखिन्छ । आधुनिक प्रशोधन गर्ने प्रविधि भित्राई यस्को संरक्षण र प्रसार–प्रचार गर्न जरुरी छ । दैलेखको एक मात्र चिनारीको रुपमा रहेको सावँरलाई व्यवसायीककरणमा जोड दिनको लागि र वाहिरबाट आउने आन्तरिक पर्यटक र वाह्य पर्यटकहरुलाई सावँरबाट बनाईएका सामाग्री विक्री गर्ने सँगै आयश्रोतमा वृद्धि गर्न सकिनेछ ।
कसरि प्रशोधन गर्ने सावँरलाई ?
सामान्यतया प्रशोधन गर्नका लागि तीन महिनाको समय लाग्ने गर्छ । खाडि बनाउने ,खाडिमा यसमा प्रयोग हुने कच्चा पदार्थ स्थानीय उत्पादन जस्तै, मौवा, उत्तिस,चुन र धाईरो जस्ता बोटबिरुवाको बोक्रलाई ढिकीमा कुटेजस्तै मसिनो धुलो बनाउने । धुलोलाई २० दिन भन्दा अलिक समय सुनपानीमा राख्ने ,विस्तारै छालाका रौँहरु जान्छन ,अनि थैलोमा सुकाउन ३ महिनाको समय लाग्छ । त्यो समय साँझ बिहान त्यसैमा समय खर्चिनु पर्छ । त्यसपछि सावँर बन्छ । यसरि छालाबाट दैनिक उपभोग गरिने जुत्ता मात्र नभई चप्पल ,कम्मरमा बाँध्ने पेटी,व्याग, पर्स आदि जस्ता दैनीक उपभोग्य सामान बन्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस