• २०८० असोज ५ गते शुक्रवार

श्रीमानद्धारा श्रीमती माथि बन्चरो प्रहार

पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिहं, बाकें

जेठ २५, बाकें । आफ्नै श्रीमानले प्रहार गरेको बञ्चरोले बाँकेमा एक महिला घाइते भएकी छन् । नेपालगञ्ज उपमहानगरपालिकाकासँग जोडिएको जानकी गाउँपालिका वडा नं। ३ मानपुरका ५९ बर्षीय पञ्चराम हरिजनले आफ्नी ४५ बर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।


शनिवार बिहान ९ बजे श्रीमती कप्तरालाई बञ्चरो प्रहार गरी पञ्चराम बञ्चरोसहित ईलाका प्रहरी कार्यालय मानपुर पुगेका थिए । बञ्चरो प्रहारबाट कप्तरा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस