• २०८० मङ्सिर १५ गते शुक्रवार

लुटपाट तथा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा हातहतियार देखाई लुटपाट गरेको अभियोगमा ४ जनालाई ईलाम तथा उपत्यकाका बिभिन्न स्थानबाट महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईलाम माइजोकमाई गाउँपालिका ६ का २४ वर्षीय धराने भन्ने नितेश तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका २ का २३ वर्षीय मुन्द्रे भन्ने अजय घ्यावा तामाङ, काभ्रे चौरीदेउराली गाउँपालिका ३ का २३ वर्षीय बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुर शिखरपानी गाउँपालिका ८ जिग्री भन्ने ठाउँका ३० वर्षीय जिग्री भन्ने भिमराज थिङ रहेका छन् ।

उपत्यकाका बिभिन्न स्थानमा विभिन्न मितिमा मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा समेत खुकुरी सहितका हातहतियार देखाई नगद लुटपाट गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस