जेठ २५,काठमान्डौ । दिनेश के सि (वर्शात) को लोकदोहोरी गीत दिलको माया बजारमा आएको छ ।
दिलको माया बोलको गीतमा चर्चित गायिका तुल्सी घर्ति मगर र गायक दिनेश के सि वर्शातको आवाज रहेको छ । उक्त गीतमा चर्चित रुकुमेली सङ्गितकार भद्र नकालको सङ्गित रहेको गीतमा सब्द टेक बहादुर के सी सल्यानीको रहेको छ ।
प्रेम जोडिको सम्बन्धका बियोगान्त सब्दहरु समेटेर बनेको बियोगान्त लोकदोहोरी गीत दिलको माया दर्शकले राम्रै रुचाएको पाइएको छ । एक नव प्रेमी जोडिको कथालाई समेट गीतमा लाखौ कस्ट लाखौ दुख झेल्नपरि पनि एक आपसमा नछुट्ने माया प्रेमको गीतले भाव दिएको छ ।
अयुश्मा कार्की र रिहन शन्करको अभिनय रहेको म्युजिक भिडियोलाई सगर गौतमले खिचेका छन भने भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका छन् ।
भिडियोमा चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको गीतलाई मेशना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो ।
हेर्नुहोस् भिडियो :
https://www.youtube.com/watch?v=ZCiV8DS_1WI