- गोबिन्द पौडेल, इलाम
जेठ २५, इलाम । डढुवा रोगको कारण कालो सुनको उपमा पाएको अलैची बगान मरेर स्वाहा भएको छ । सिमसार र जंगलमा खेती गरिने अलैची डढुवा रोगले मरेर बगानै सकिएपछि बारीको गरा र कान्लामा रोपण गरेर पुर्नस्थापना भएकोमा त्यसमा पनि पहिलाकै रोगले संक्रमण गरिे जंगल र बारीको दुबै बगान सकिएको कारण किसानहरुले चिन्ता गर्न थालेका छन् ।

डढुवा रोगको कारण बोट सुकेको अलैचीको बोट
पुरानो बगान मासिएपछि किसानहरुले परंम्रागत रुपलाइ छाडेर गोडमेल र मलजल गर्ने गरेको भएपनि अन्तत किसानको मेहनत र प्रयास असफल भएको रोङ ६ का अलैची किसान गणेशमान राइले बताए । उच्च मुल्य हुदा जसरी पनि अलैची फलाउने प्रयासमा लागेर किसानहरुले अनेकन प्रयास गरेको र नया बगान र बिरुवाले दुइ तिन बर्ष जति राम्रो उत्पादन द्रिएको भएपनि अहिले आएर सबै बगान डढेर सकिएको किसानहरुको भनाइ रहेको छ ।
नेपालको पूबि भागमा भारतबाट भित्रिएको अलैची खेती अहिले बिस्तार भएर नेपालको करिव चालिस जिल्लामा खेती हुन थालेको थियो तर अलैचीको उद्गम स्थल इलाममा नै किसानहरुले समस्या भोग्नु परेको छ । अन्य जातको अलैचीलाइ छाडेर नया जिर्मले जातको अलैची रोपेको भएपनि यसमा पनि रोग देखिएकोले अव पुर्नस्थापनाको संभावना नरहेको किसानहरु बताछन् ।
मुल्य उच्च रहेर दुइ चार बर्षसम्म अलैची बिरुवाको उच्च माग रहदा बिरुवा उत्पादनमा हौसिएका किसानहरु पोहोर साल बिरुवा नबिकेपछि निरास बनेका छन् । अलैची हुने ठाउहरुमा बिरुवामा आत्मानिर्भर भएको कारण बिरुवा नबिकेको इलामको सलकपुरमा रहेको अधिकारी अलैची नर्सरी उधोगका प्रोपाइटर याम अधिकारीले बताए । यता यस बर्ष नेपालकै एकमात्र अलैची बिकास केन्द्र पान्दाम इलामले भने किसानको मागअनुसार बिरुवा दिन सक्ने संभावना कम रहेको छ । अलैची बिकास केन्द्रमा दुइदेखी तीनलाखसम्म मात्रै बिरुवा रहेकोमा पाचथरबाट दुइलाख बिरुवाको माग आइसकेको र बिरुवाको सिजन भरखरै मात्र शुरु भएको हुदा मागअनुसार बिरुवा दिन नसक्ने संभावना रहेको अलैची बिकास केन्द्र फिक्कलका प्रमुख पदम प्रसाद अधिकारीले बताए ।
अलैचीमा रोग फेरि देखियो यसको बारेमा अलैची बिकास केन्द्रले के गदैछ भन्ने जिज्ञासामा अहिले अलैची बिकास केन्द्र किसानहरुलाइ अलैची खेतीको तालिमको अतिरिक्त तरकारी खेती र फलफुलको खेतीको बारेमा लागेको र पुरानो बगानमा अलैचीको खेती नगर्न किसानहरुलाइ सललाह दिने प्रमुख अधिकारीले बताए । अलैचीखेतीको बिस्तार र बिकास गर्न स्थापित नेपालकै एकमात्र अलैची बिकास केन्द्र फलफुल र तरकारीमा लागेपछि अलैचीबो रोग निदान गर्न नसकिने र अव अलैची खेतीको संभावना न्युन रहेछ भन्ने किसानहरुले अनुमान गर्न थालेका छन् ।
नेपालकै प्रमुख निर्यातजन्य अलैचीले किसानको आम्दानीमा प्रमुख हिस्सा लिएपनि सरकारी तवरले यसको खेती बिकासमा ध्यान नदिदा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्लान वा नसक्लान जिम्वेवार निकायले सोच्न जरुरी छ ।