• २०८२ जेष्ठ २ गते बिहिवार

पुष्पकमल दाहाललाई खुल्ला पत्र

पढ्न लाग्ने समय : ६ मिनेट
  • खिमराज गिरी

अध्यक्ष पुष्पकमल दाहालज्यू न्यानो अभिवादन !
हुन त, समयम समयमा यहाँलाई देशको समसामयिक घटनाकम्र, समस्या र यसको निदानका उपायवारेमा यो सानो दिमागले भ्याएसम्म अवगत गराईराखेको छु र आज पनि पत्रमार्पmत केहि कुराहरु स्मरण गराउन गइरहेको छु र यो मेरो व्यक्तिगत धारणा मात्र नभएर आम नेपाली जनताहरु जसले अतीतका पीडा र छटपटीलाई पारिवारिक वेमेल, बिछोड, सामाजिक वहिष्कार, अवहेलना जस्ता घटनाक्रमहरु विर्सेर वसेका ती जनमानसको पनि हो र ति व्यक्तिहरु तिनै डाँडा पाखा, भन्ज्याङ्ग अनि चौतारीहरुमा वसेर अतितका गाथा व्यथाहरु स्मरण गरिरहन्छन् ।

प्रचण्डज्यू, थाहा छ नेपाल जस्तो निरंकुश राजतन्त्र भएको मुलुकमा जनताका छोराछोरी राष्ट्र प्रमूख र जनताद्धारा चुनिएका व्यक्ति नै कार्यकारी प्रमूख हुन पाउने गणतान्त्रिक व्यबस्था आयो र यसको श्रेय सवभन्दा बढि तपाइको नै हो भन्नेमा दुई मत नहोला । गणतन्त्र स्थापना गर्नको लागि तपाई, पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला लगायत नेपाली काँग्रेस, तत्कालिन एमाले, माओवादी अनि विभिन्न अन्य दलका नेताहरुको अमूल्य योगदानको कदर त नेपाली जनताले भविश्यमा पनि गर्ने नै छन् । निरंकूश शासनको विरुद्ध र नेपालमा जनपक्षीय शासन व्यबस्था ल्याउनको लागि प्रधानमन्त्री के.पी वलीज्यूको १४ वर्षको जेल जीवन, गण्ोशमानको दौडाह जति कहाली लाग्दो थियो तपाईको महान जनयुद्ध पनि त्यति सजिलो त पक्कै पनि भएन र त आज दुई कम्युनिष्ट पार्टीको एकीकरण प्रकृया मजवुत वनाउने र नेपाली जनताले वामपन्थीलाई दिएका दुई तिहाई मतलाई कसरी प्रयोग गर्ने भन्ने कुराको पनि हेक्का राख्नु नितान्त जरुरी भएको छ तर हिजो आज कहिले काँही जव जव प्रधानमन्त्री बाहिरी मुलुक या कतै महत्पूर्ण कार्यक्रममा जाने अवसर जुट्छ अनि तपाईले सार्वजनिक कार्यक्रममा नै एकिकृत पार्टीमा आँच आउने खालका विवादास्पद अभिव्यक्तिहरु दिएर नेपाली जनता र आम पार्टी कार्यकर्ताको मनमा खिन्नताको भुमरी ल्याइदिनुहुन्छ किन अध्यक्षज्यू ?

कहिले काँही ती जनयुद्धका कारुणिक कथा व्यथाहरु सम्झिन वाध्य पार्छ कि, कतिका घरवार लुटिए, अनि कतिका नाता टुटे, कति नारीहरुको सिँउदोको सिँधुर पुछियो, कयौं वालवालिकाहरु टुहुरा भए, कयौं आमा वुवाहरुको काख रित्तियो, अनि कयौं नागरिकहरु आझै अपाङ्ग र घाइते भई अपाङ्गताको प्रमाणपत्र लिएर वस्न वाध्य छन्, के यहि सत्ताको लुछाचँुडीको लागि थियो तपाईहरुका ती संघर्षका कथा व्यथाहरु ? यदि होइन भने प्रचण्ड जी देसमा गणतन्त्र पश्चात्को निर्वाचनमा जनताले कम्युनिष्टलाई दुई तिहाईको सरकार बनाउने जिम्मा दिएका छन् र यो शुभ अवसरमा सरकारले देसको हरेक क्षेत्रलाई समेट्ने गरी दुई दुई पटक वजेट पनि प्रस्तुत गरिसकेको छ र यस पश्चात् अव कसरी यी कुराहरुलाई लागु हुने गरी नेपाली जनताहरुको न्युनतम आवस्यकताहरु गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु जुटाउने अनि देशमा भएका जल, जङ्गल, जमीन, जनावर, जडिवुटी आदिलाई कसरी सदुपयोग गरी कृषि, विद्युत, पर्यटकीय क्षेत्रको विकास गरी जनताका न्युनतम आवश्यकतालाई परिपुर्ति गर्दै नेपाली जनतालाई आत्मनिर्भरताको मार्गमा कसरी लग्न सकिन्छ भन्नेतिर अवको ध्यान केन्द्रित हुनुपर्ने होइन र ? आज आम नेपाली जनताको चाहना पनि यहि छ ।

मौका पर्नासाथ तपाईजस्तो जिम्मेवार नेताले सार्वजनिक समारोहमा सत्ता र कुर्सीको लागि फेरि पनि मरिहत्ते गर्न कत्तिको सान्दर्भिक होला त्यो कुरा आपैm महशुस गर्नसक्नुहुन्छ ? किनभने अवको चार वर्षसम्म के.पी ओलीज्युलाई सरकारको नेतृत्व सम्हाल्न दिने र तपाईले पार्टीलाई हाँकेर पार्टीको माथिल्लो पङ्गतीदेखि तल्लो तहसम्म आम कार्यकर्तालाई पनि नैतिकता, इमान्दारीता, शैक्षिक योग्यता, राजनैतिक संस्कार र समाजमा गरेको योगदानको आधारमा हरेक तह तप्कामा आफ्नो र अर्कोे, गुट र उपगुट नभनी योग्यताका आधारमा छनौट गरी पार्टीलाई मजवुत र एक ढिक्का वनाउनुभयो भने सरकार पनि वलियो हुन्छ र हरेक निर्णायक कुराहरुमा तपाईहरुको सहमति र सहकार्य सँगसँगै अगाडि वढ्दै जानसक्छ । तसर्थ तपाईले के कुराको पनि हेक्का राख्नुपर्दछ भने अहिलेसम्म राजनैतिक नेताको लागि निर्णायक शक्ति भनेकै जनताको अदालत हो र तपाईहरुलाई सत्तामा पु¥याउने र नपु¥याउने अधिकार जन अदालतमा अन्तर्निहीत हुने भएकोले पनि हरेक सार्वजनिक बक्तव्य दिँदा अलिअलि पनि होइन ज्यादै विचार पु¥याउनुपर्दछ । किनकी बोली, खोली र गोली एकपटक अगाडि वढेपछि पछाडि फर्किन जान्दैनन अनि नेताको वोली भुइँमा खस्न पाएको हुँदैन राज्यका चौथो अंङ्गकोरुपमा चिनिने पत्रकारहरुले आप्mनो पकेट नोट वनाइहाल्छन् र ”उसै त चरी पँखेटा भाचिएकी, जलमा डुवेर मरी ” भनेजस्तो वनाइहाल्छन् अनि यत्र तत्र सर्वत्र वाक युद्ध चल्न थाल्दछ ।
त्यसैले प्रचण्डज्यू, कुर्चीमा वसेर मात्र जनताको सेवा गरिदैन भन्ने कुराको हेक्का अतीतमा गणेशमानको जीवनीलाई पनि तपाईजस्तो महान नेताले आजको यस परिवेशमा बढो गम्भिरतापुर्वक सोच्न जरुरी छ । पद त एउटा आलंकारिक गहना मात्र हो तर तपाईको शरिरभित्र इमान्दारीता र नैतिकताको खडेरी परेको छैन भने सच्चा मन र भावले हाम्रो जस्तो अति अविकसित मुलुकलाई कसरी विकासको गतिमा अगाडि वढाउने भनेर तपाईहरु दुई जना अध्यक्ष मिलेर अगाडि वढ्नुहोस् तपाईहरुको साथमा आज सारा नेपाली जनता छन् । यदि सच्चा मनले अगाडि वढ्नुहुन्छ भने न बनका काँडाले कोर्न सक्छ न त कसैले रोक्न नै सक्छ । आज यी दुई चार वटा शहरवाहेक नेपालका अन्य पहाड, हिमाल अनि तराईका ती उजाड वस्तीहरु समृद्धि र बिकासको पर्खाइमा छन् अनि ती भोका पेट र नाङ्गा अङ्गहरुको वेदनाको घाउ शितलतारुपी मलमको प्रतिक्षामा टोलाइरहेका छन् भने अर्कोतिर नेपालका केहि वुद्धिजिवी, पत्रकार, प्रतिपक्ष लगायत केहि व्यक्तिहरु ने.क.पा.का नेताहरुको वोलीको प्रतिक्षा गरी वसेका छन् र वोली फुट्नासाथ शब्दकोष पल्टाउन थालिहाल्छन अनि विपक्षीलाई ” कौन पुछे खिचडीका दाल ” भनेजस्तो भएको छ भने ने.क.पा.का आम कार्यकर्ता र नेपाली जनतालाई ”खोपाको स्याउ, चर्पीको हाउ ” जस्तो भान हुन्छ ।

त्यसैले प्रचण्डज्यू, आम जनताले मूल्याँकन चित्रलाई होइन चरित्रलाई गरिराखेका छन्, यदि तपाईको चरित्र राम्रो भयो भने सवै जनताको साथ सदैव रहिरहन्छ र तपाईले केहि वर्षपछि लामो समयसम्म पार्टी र सरकार हाँकेर हिड्न सक्नुहुनेछ । अन्यथा अभैmपनि शक्ति र सत्ताको खिचातानीमा अल्झिरहने हो भने एकपटक फेरिपनि अतीततिर फर्कनुहोस् र बुझ्नुहोस शेर वहादुर देउवा करिव चार पाँच पटक प्रधानमन्त्री हुँदा आखिर देस र जनताको लागि के नै गरे त ? भलै पार्टीको हालत त्यो हविगतमा पु¥याएर छोडे । तसर्थ तपाईले अहिलेको वजेट कार्यान्वयनमा सरकारलाई सहयोग गरी मंहगीको मार खेपिरहेका सर्वसाधारण जनताको हक र हितमा लागिपर्ने, वेरोजगार युवाहरुलाई रोजगारीको अवसरहरु दिलाउनतिर ध्यान दिने, देशमा क्यान्सर रोगको रुपमा चिनिएको भ्रष्टाचारको अन्त्य गर्न पहल गर्ने, जिवनपयोगी र व्यबहारिक शिक्षामा जोड दिने, स्वास्थ्य क्षेत्रमा सर्व साधारण जनताको पउँच पु¥याउने, सवै क्षेत्रमा सलबलाउने विचौलियाहरुलाई पाखा लगाउने, पार्टीका कार्यकर्ताहरु तल्लो तहदेखि माथिल्लो तहसम्मलाई इमान्दारीता र नैतिकतामा खडेरी पर्न नदिई असल राजनैतिक संस्कारको पाठ सिकाउने, आदि कुराहरुतर्पm विशेष ध्यान दिन सक्नुभयो भने मात्र एक असल कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तपाईमा पनि भरिपूर्ण हुनेछ र यो पनि सोच्नुहोस् कि, सुर्यलाई हत्केलाले छेकेर आप्mनो शरिरमा छाया पार्न सकिदैन तसर्थ प्रचण्डज्यू, समसामयिक राजनैतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, तथा धार्मिक परिवेशलाई मध्यनजर राख्दै देश र जनता अनि भुगोलले के मागेको छ , त्यहि परिवेसको आधारमा डुँगा चलाउन जान्ने हो भनेमात्र एक असल राजनेता सम्पूर्ण जनमानसको मुटुको ढुकढुकी हुनसक्छ अनि ने.क.पा.को पार्टी न गुटको हुनेछ, न लुटको खेतीमा सल्वलाउने छ, ।

नदीमा हाम फाल्दैमा कसैको मृत्यु नै हुन्छ भन्न सकिन्न जबसम्म उसलाई पौडिन आउँदैन, अनि आफु अनुकूलको परिस्थिति नहुँदा गुनासो गर्नुभन्दा पनि हरेक परिस्थितिलाई आप्mनो कावुमा ल्याउन सक्यो भने मात्र राजनैतिक खेलमा जित आप्mनो हातमा हुन्छ भन्ने कुराको पनि हेक्का राख्नु जरुरी ठान्दछु । र यसो सोच्नुहोस् त, जव हावा चल्छ वल्दै गरेको सानो दियोलाई निभाइदिन्छ तर त्यहि हावाले जंगलमा लागेको डँढेलोलाई झन दन्काउन सहयोग गर्छ, तसर्थ जनमतको कदर गरी गुट, फुट, र लुटको राजनीतिलाई सदैव अलग राखि असंख्य वीर योद्धाको मृत्युको चर्को मूल्यबाट प्राप्त यो कलिलो गणतन्त्रलाई संस्थागत गर्दै लैजानको लागि हरपल तपाईको खाँचो यो देशलाई अवश्य रहनेछ भन्दै पत्रबाट विदा हुन्छु । अभिवादन !

मध्य नेपाल नगरपालिका २, लमजुङ्ग
हाल काठमाण्डौ । ९८५११९२०८८

प्रतिक्रिया दिनुहोस