जेठ २५, काठमाडौं । नेपाल तरुण दलले प्रहरी नियन्त्रणमा रहेका तरुण दल धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई रिहाइ गर्न माग गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारी प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन्।
घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गर्दै भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ। तरुण दलले फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको आरोप समेत लगाएको छ ।
राधेलाई बुधबार सँझ धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ गरिएको थियो ।