जेठ २५,माेरङ । विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल ठोक्किएका हुन् । को २१प ४३२४ र स८प २११७ नम्बरको मोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । घाइतेकाे अवस्था गम्भीर रहेकाे र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बस बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको र दुर्घटनामा परेर उछिट्टिएको मोटरसाइकलले अर्को मोटरसाइकललाई दुर्घटनामा पारेको प्रहरीले जनाएकोछ ।
घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।