• २०८० असोज ११ गते बिहिवार

कणार्लीको कथा : विद्यालयमा आगो सल्काए मात्र आउँछन् विद्यार्थी

पढ्न लाग्ने समय : ३ मिनेट

वैशाख २५,दैैलेख । दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका–८ स्थित लालिगुराँस आधारभुत विद्यालयका विद्यार्थीहरु विद्यालयमा आगो सल्काए मात्र विद्यालयमा आउने गर्दछन् ।

जीर्ण अबस्थामा रहेको लालीगुराँस विद्यालय ।

२०६० सालमा स्थापना भएको उक्त विद्यालय दलित बस्तीको बिचमा रहेको छ । कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा सबै विद्यार्थी पनि दलित परिवारकै हुन्छन् । दिवा खाजा यदि नभए उक्त विद्यालयनै बन्द हुने सम्भावना छ । विहान १० बजे विद्यालयमा आगो सल्काए अधिकाश विद्यार्थी विद्यालय आउने र आगो नसल्काए नआउने गरेको विद्यालयले जनायो ।
दुईजना शिक्षिका, एकजना शिक्षक र एकजना कार्यालय सहयोगी गरी चार जना रहेको विद्यालय समस्यै समस्याले झेलिएको छ । ‘विकट गाउँको विद्यालय भएरै आर्थिक बर्ष २०७०÷०७१मा तिनकोठे पक्कि भवन निर्माण भएतापनि हाल उक्त भवन जीर्ण अबस्थामा रहेको छ ।’उक्त भवन गरिबी निवारणको रु१५ लाख बजेट सहयोग र २लाख श्रमदान गरेर निर्माण भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर विश्वकर्माले बताए । विद्यालयमा ढोका समेत छैन् ।

२०६०मा स्थापना हुँदा खरले छानो बनाएको लाालिगुराँसले ०६४सालदेखि टिनले छानो छोएको थियो ।’ पुरानो भवन कक्चि, दुईकोठे आकाश गडगडाउँदा विद्यालय परिवारनै चिन्तित हुन्छौँ,’बालशिक्षा अध्यापन गराउँदै आएकी शिक्षिका मिना थापाले बताईन ।आकाशबाट पानीको थोपा पर्र्याेकी उही थोपा विद्यालय भवन भित्र पर्छ, उनले भनिन्, हामीलाई यहाँ तलव नै समयमा नआउँदा समस्या हुने गरेको छ । ‘चालु आर्थिक बर्षमा विद्यालय तारबारका लागि छ लाख छुट्याईएकोे तर, यहाँ पहुँचवालाको विकविकीले सो रकम पनि अन्तै पारे वडा अध्यक्ष मुकुन्दराज रेग्मीले भने । आफुले पहल गरेको तर,नगरमा पहुँचवालाको रजाईले बजेट ल्याउन सकिएन उनले भने । विद्यार्थीको पठन पाठनमा समस्या छ ।’

“विद्यालयको शैक्षिक अबस्था बुज्नको लागि विभिन्न ठाउँबाट मान्छेहरु आउने र विद्यालयबारे आश्वासन दिने तर,हालसम्म कुनै कार्य नगरेको शिक्षिका जलु बडुवालले गुनासो गरीन् ।” ‘विद्यालयमाा खानेपानीको निकै समस्या छ । शौचालयमाा पानी नहुँदा निकै फोहोर अबस्थामा छ ।’ विद्यालयमा कार्पेट सम्मको व्यबस्था समेत छैन विद्यार्थी माटोमै बस्ने गरेका छन् । हाल शैक्षिक सत्र सुरु भएलगतै विद्यालय भर्ना अभियान सँगै पाठ्यपुस्तक वितरण कार्य भईरहेको छ । विद्यालयमा कुनै विद्यार्थीनै उपस्थित छैनन् विद्यालयकी शिक्षिका बढुवालले भनिन् ।

कक्षा अँग्रेजि र नेपालि दुवै माध्यमबाट अध्यापन गराईने विद्यलायले जनायो । दलितका छोराछोरी मात्र अध्यन गर्ने विद्यालय नजिकै निजि विद्यालय स्थापना भएलगतै विद्यालयमा झन विद्यार्थी सख्या घट्दै गएको छ ।
विद्यालयको लागि हालसम्म कुनै पहल नभएको तर, आउँदो बर्षदेखि विद्यालको स्तरोन्नती गर्ने“आठबीस नगरपालिका उपप्रमुख दिपा बोहोराले बताईन् ।” शिक्षा क्षेत्रको परिर्र्वतनको लागि विभिन्न कार्य योजना बनाय पनि कुनै पनि कार्यमा आफुहरु अग्रसर नभएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस