• २०८० मङ्सिर १५ गते शुक्रवार

तेइस हजार धुस सहित खरदार पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, बारा । भूमिसुधार तथा मालपोत कार्यालय, कलैया बाराका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त शर्मा खरेलले सोही कार्यालयमा विचाराधीन मोहीसम्बन्धी मुद्दामा जग्गाको मोही कट्टा गरी दिन्छु भनी सेवाग्राहीसँग घुस रमल लिएका छन ।

मुद्दामा जग्गाको मोही कट्टा गरी दिन्छु भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले घुस बापतको रकम २३ हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

उनिहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस