• २०८१ फाल्गुन २ गते शुक्रवार

खेल मैदानमा जाजरकोटका नगर प्रमुख

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २४, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले अन्तीम भित्र स्थान सरक्षित राख्न सफल भएको छ । कर्णाली प्रदेशको सर्खेतमा नमुना क्लबले आयोजना गरेको प्रथम जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा नगरपालिकाले आफनो अन्तीममा राख्न सफल भएको हो ।

स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नाराका साथ सञ्चालन भएको खेलमा ३९ वटा टिमहरु सहभागी रहेका आयोजकले जनाएको छ । सञ्चालन भएको ऐतिहासिक प्रतियोगितामा भेरी नगरपालिका जाजरकोट प्रतिनिधित्व गर्दै नगर प्रमुख चन्द्र प्रकाश घर्ती (सिपि) र राज भडेलको टिमले अपराजित यात्रा कायम राख्दै अन्तीम ८ भित्र स्थान ओगटन सफल भएको छ । प्रतियोगितामा कर्णाली प्रादेशिक बरियताक्रमका १देखि १० सम्मका खेलाडिहरुको सहभागिता रहेको आयोजकको भनाई रहेको छ । नगर प्रमुख आफै खेल मैदानमै ७तिस भन्ने प्रश्नमा प्रमुख घर्तीले भने अबको जमाना भाषण, शिद्धान्त र नियम घोकाएर मात्र नहुने भन्दै फिल्डमा नैं क्षमता,कला र इमान्दारीता जनता सामु प्रत्यक्ष रुपले देखाउन सक्नुपर्ने अबको नेतृत्वको आवश्यकता रहेको बताए ।

अबको भेरी नगरपालिकाले बिकासका सम्पुर्ण क्षेत्रहरुलाई एकै साथ अगाडि बढाउने सिलसिलामा युवा, बिद्यार्थी र बालवालिकाहरुलाई बिभिन्न खेल क्षेत्रहरु मार्फत अनुशासन, बिकास, गतिशिलता र सकारात्मक सोचको बिकास गराउदैं पुस्ता परिवर्तनको महान यात्रामा अगाडि लम्की रहेको बताए । नगर प्रमुख घर्तीको रोचक पक्ष आफै करातेका एसियन लेवलका अन्तराष्टिय रेफ्रि र ब्ल्याक बेल्ड चौथो डान हुन । राष्टिय खेलकुद परिषद अन्तर्गत नेपाल गोजुरियो कराते डो संघका केन्द्रीय अध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस