• २०८० मङ्सिर १६ गते शनिवार

मालपोत कार्यालय सप्तरीमा कार्यरत नायब सुब्बा आसुदेब मण्डल घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत २५ काठमाडौ । भूमिसुधार तथा मालपोत कार्यालय, राजबिराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेब मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोही जग्गाको बाँडफाँड गरि लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा नायब सुब्बा बासुदेब मण्डल पक्राउ परेको हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नायब सुब्बा बासुदेब मण्डललाई सेवाग्राहीसँग रू.४०,०००।– (चालीस हजार ) घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

नायब सुब्बा बासुदेब मण्डल संग थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस