• २०८० असोज ५ गते शुक्रवार

धरानमा बस दुर्घटनाः ४ को मृत्यु, २० जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

चैत २५ धरान । धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

दुर्घटनाग्रस्त सो बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। घाइतेहरुहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने एक महिला र उनकी छोरीको नाम खुल्न सकेकाे छैन।

दुर्घटनाको बिस्तृत बिबरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस