सलिम अन्सारी, प्युठान – अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घट्नामा परि प्युठानको ऐरावती गाउपालिकाका ५२ वर्षका धन बहादुर राना र सोही ठाउँ निबासी १४ बर्षकी मनिका आचार्यको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । कार्यालयका अनुसार अर्को एकजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा ज्यान गएको बताएको छ। उनको सनाखत हुन सकेको छैन।जीपमा १७ जना सवार रहेको बताईएको छ। दुर्घट्नाको हुनुको कारण खुलेको छैन। प्रहरीले थप बिबरण आउन बाँकि रहेको बताएको छ।