चैत २५, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
उनलाई सोमबार दिउँसो काठमाडौँको मद्मोदय मोडबाट गिरफ्तार गरेको हो । थापासहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङ पनि पक्राउ परेका छन् ।
हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई पक्राउ गरेको हो । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले देशव्यापी आन्दोलन गरिरहेको छ ।