चैत्र २५, धनुषा । धनुषाधाम नगरपालिका –५ मा खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विष्फोट भएको छ ।इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार साँझ उक्त सुतली बम विष्फोट भएको हो ।
वडा कार्यलयभन्दा ५ सय मिटरको दुरीमा रहेको खेतमा बम बिस्फोट भएको इन्सपेक्टर यादवले जानकारी दिए ।उनका अनुसार खेतमा ट्याक्टरले जोतिरहेको बेला ट्याक्टर बम गाडिएको ठाउँ हुँदै गुज्रिएको बेला विष्फोट भएको उनले बताए ।इप्रकाले जनाएअनुसार ज १ त ९८८२ नम्बरको ट्याकटरले खेत जोतिरहेका बेला बम विष्फोट भएको थियो ।
बम कमसल रहेकोले बिस्फोटबाट कुनै क्षति नभएको र यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।