• २०८० मङ्सिर १५ गते शुक्रवार

बिकल्प नदिई हटाउन खोजेकै भन्दै बागेश्वरी मन्दिर ब्यवसायीहरुको गुनासो, महन्त योगीको दादागिरी ५ जना ब्यापारी पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट
  • अभिनभ गुप्ता

चैत २५, बाँके । नेपालगन्ज महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु मर्कामा परेका छन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको भन्दै गुठि संस्थान प्रति आक्रोश समेत पोखेका छन ।

उनिहरुले मुल गेट साइड भन्दा सहायक गेटबाट पारेको भन्दै पुन हेरफेर हुनुपर्ने बताएका छन । पिडितहरूले नियम कानुन पनि सानालाई मात्रै केन्द्रित बनाउने गरेको दुखेशो समेत पोखेका छन । करिब ४० बर्ष अगाडिबाट सुरु गरेको ब्यवसायलाई उचित बिकल्प नदिई एकाशी हटाउन खोज्नु भनेको ब्यवसाय नै धरापमा पार्नु भएको बताएका छन । उता गुठि संस्थानले भने मन्दिर ब्यवस्थापनको लागि उनिहरुलाई स्थान दिएर हटाएको दावी गरेको छ ।

त्यसैको बिरोध गर्दा ५ जना ब्यपारीहरूलाइ प्रहरीले हिरासतमा राखेको बताइएको छ । हिरासतमा हुने ब्यवसायीहरू सुनिल भुजवा,रधे सुनार भुजवा,बब्लु लखेर,सीता सुनार भुजवा,बाटुली बिक र यज्ञ बद्रीचार्य प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय बाँके एसपी अरुण पौडेलले बताएका छन ।

बिरोध गर्नेहरूलाइ मन्दिरका मुख्य पुजारी चन्दननाथ योगिले मारेर फालिदिने समेत धम्कि दिएको प्रत्यक्षदर्शिहरूले बताए ।

बागेश्वरी मन्दिर नेपालगन्जको एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र रूपमा रहेको छ । यो नेपालको महत्त्वपूर्ण हिन्दु मन्दिरमध्येमा पर्दछ। दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ।

सतीदेवीको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ। यो मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ।

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा९आराधना गरेको मानिन्छ। एउटा ठुलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।

यही मन्दिर वरिपरि रहेको अर्को आकर्षण भनेको जुँगे महादेवको मन्दिरको पनि हो। नेपागञ्जको यो मन्दिरमा महादेवको जुँगा सहितको मूर्ती रहेको छ।

संसारभर पाइने महादेवको मूर्तीमध्ये जुँगा भएको मूर्ती यहीँ मात्र छ। वरिपरि पोखरी र पोखरीको बीचमा रहेको यो मन्दिर धेरै सुन्दर छ।

 

प्रतिक्रिया दिनुहोस