• २०८० असोज ११ गते बिहिवार

टिके प्रथा पार्टीमा सर्यो भने समस्या आउन सक्छ : सांसद रावत

पढ्न लाग्ने समय : ३ मिनेट

चैत २४, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं.—२ निर्वाचित प्रतिनिधि सभा सदस्य, सांसद नवराज रावतले ‘टिके प्रथा पार्टीमा सर्र्याै भने समस्या आउन सक्ने हुँदा सहि रुपमा काम गर्नुपर्ने बताएका छन् ।’

आईतबार पश्चिम सुर्खेतको सालकोटमा पुर्व नेकपा एमालेका होनहार नेता ऋषि प्रसाद शर्माको ११औँ स्मृति दिवसलाई सम्बोधन गर्दै साँसद रावतले यस्तो कुरा बताएका हुन् । रावतले ,नेकपाले एक नेता मात्र नभई सिँगो नेपाली जनताको नेता ऋषि शर्मा‘अरुको ज्यान जोगाउँने ,नेपाली राजनीतिमा एक उज्वल, लगनशिल प्रखर नेतालाई आफुहरुले बचाउँन नसक्दा आफुलाईनै खेद भएको बताएका छन्।’

हिजो १० बर्षको दन्द्धकालमा पनि खाई नखाई आफ्नो पार्टी र ज्यानको बाजि समेत दिन सक्ने नेता सायद अव नेपाली राजनीति र सुर्खेतले जन्माउँन नसक्ने भन्दै ,रावतले , आजभोली पार्टीमा योजना बिनानै काम गर्नाले खडेरी परिरहेको बताए । उनले ,‘ईच्छालाई पुरा गर्न यस्तो प्रविधिलाई पार्टीमा समायोजन हुँन नदिई सबै नेता,कार्यक्रता सक्रिय भएर लाग्न आग्रह गरे ।’प्रतिकुल परिस्थितलाई ,सहज ढँगबाट अनुकुल वातावरणमा फैलाउँन सक्ने ऋषि जस्ता उज्यालो संसारका नेताले दिएको बाटोमा हिड्न जरुरी छ ,रावतले भने ,‘‘अहिलेको सरकारले निर्वाचनमा भनेका कतिपय महत्वपुर्ण कुराहरु गर्न नसकेकोले जनताले पनि सबै तहलाई नराम्रो भन्ने प्रवित्ति शिर्जना हुँन लागेको छ,तर, जनताले त्यस्तो भ्रममा पर्न नहुँने बताउँदै,काम भईरहेको र केहि कारण बस अड्कीएको बताए ।’’

पार्टीले अव,छिट्टै घोषणा पत्र माथिबाट पठाउँने बताउँदै साँसद रावतले,नेताको समृद्ध हैन् ,समृद्ध जनताको हुँनुपर्ने बताए ।‘‘चिया पसलमा सधैँ दुध चिया खानुभन्दा दुध मात्र खादा राम्रो हुन्छ,रावतले भने पार्टीमा सधै उहि परिस्थित रहयो भने,सहिद भएकाहरुको सपना साकार हुँन सक्दैनन, रावतले भने,अहिलेको दुई तिहाईको सरकार संविधानले लेखको पद्धति अनुसार चल्नुपर्छ ।’’छलछामको राजनीति नेपाली समाजमा टिक्न नसक्ने भएकोले,अहिलेको सरकार प्रति सबैले पोजेटिभ धारणा राख्न आग्रह समेत गरेका छन् । स्मृति दिवसमा राष्ट्रिय सभाका साँसद नन्दा शर्माले‘लेलीनवाद, साम्यवाद, माक्सवादलाई अन्त्य गर्दै नेपाली राजनीति आकाशमा संधियता आउनु नै ऋषि शर्मा जस्ता निडर नेताको चाहना विस्तारै पुरा हुँदै आएको बताईन् ।’ ‘‘शोकलाई शक्तिमा बदलेर मनलाई चिताउँनुमात्र भएकोले उनिहरुको देखाएको बाटोमा हिडेर जनताको विकास र परिर्वतनमा पार्टी अग्रसर भई लाग्न आवाश्यक रहेको शर्माले बताईन् ।उनले, ०६२÷६३मा ऋषि शर्माको ठुलो भुमिका रहेको भन्दै,उनका हत्यारालाई कानुनि कठ्घरामा उभ्याउँनुपर्ने बताईन।’’

नेकपा शिक्षक संगठन कर्णाली प्रदेश कमिटीका सदस्य कृष्ण विसीले‘जीवन शैली र विचारलाई आत्मसात गर्दै अगाढी बढे मात्र नेकपा दलमा परिर्वतन आउँने बताउँदै ,नेकपालाई तीन पुस्ताको आधारमा फरक—फरक ढँगबाट व्याख्या समेत गरेका थिए ।, पार्टीमा जताततैबाट निराशाजनक आउँदैछ,ृउनले भने । अव विपक्षिले आक्रमण गर्न सक्ने भएकाले ,ऋषि जस्ता नेताको सिद्धान्तमा अडिग भई अघि बढ्नुपर्ने बताए ।

पुर्व संविधान सभाका सदस्य कमल शर्माले‘आफ्नो श्रीमानले नेपालको राजनीतिबारे गरेको योगदानको स्मरण गर्दै दुःख समेत व्यक्त गरेकी थिईन् । उनले, आफ्नो श्रीमान ऋषि जस्तै आफुलाई पनि पार्टीले हेर्दिन आग्रर गरिन् । ऋषि स्मृति कार्यक्रममा ,नेकपा आवद्ध युवा नेता खड््ग विवश , हरि अधिकारि , अमृत विसी ,तारा देवकोटा ,मोहन बडुवाल, लगाएतले ऋषि प्रति दुःख व्यक्त गर्दै ऋषिले दिएको ज्ञानको ज्योति छर्न सके नेपाली जनता र नेपाली समाजको ठुलो परिर्वन हुने जस्ता गहकिला भनाई प्रस्तुत गरेका थिए । ०१८माघ १९ गते धर्तिमा पाईला टेकेका ऋषिको‘०६४ चैत २६गते मृत्यु भएको थियो ।उनको,आत्मा शान्तिको लागि चैत २६ गते घटनाभएको स्थानमै गएर भव्य कार्यक्रम गरिने स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डिप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस