- सागर थापा
फागुन २४, मोरङ । मोरङ सुनबर्षी नगरपालिका ८ स्थित महेन्द्र आधारभुत बिध्यालय कुडेलीको हाता भित्र समुदाय-प्रहरी साझेदारी कार्यक्रम १ न प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल ज्यूको प्रमुख आतिथ्यमा निशुल्क औषधी वितरण सहितको १ दिने स्वास्थ्य शिविर संचालन गर्नुका साथै समुदायसँगको चिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रमुख अतिथिज्यूबाट महेन्द्र आधारभूत बिद्यालयका १८२ जना छात्र छात्राहरूलाई श्री समित सारडा स्मृति प्रतिष्ठानको सहयोगमा प्राप्त स्टेशनरी सामान बितरण गर्नु भएको थियो ।
सोही अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकज्यूले समुदायसँग चिया कार्यक्रम गर्नुका साथै स्थानिय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी लगायतका सर्वसाधारणहरूसँग अन्तरक्रिया समेत गर्नु भएको थियो । टाईम्स अस्पताल रंगेलीको सहकार्यममा संचालित १ दिने स्वास्थ्य शिबिरमा अन्दाजी ११०० जनाले निशुल्क स्वास्थ्य परीक्षण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी ज्यूबाट प्रहरी जनताको सुख दुखको साथी भएको र नागरिक सेवामा सधै तत्पर रहिरहन भरमग्दुर प्रयत्नसिल रहेको तथा समाजमा हुने बिकृति, बिसंगति बिरुद्ध सबै एक जुट हुनु पर्ने, एक आपसमा मिली सहकार्य गर्नु पर्ने भनि मन्तब्य दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षकले सामुदाय-प्रहरी साझेदारीको अवधारणा आवश्यकता र यसको उद्देश्य अनुरूप जनतासँग नै केन्द्रित रही जनताको घरदैलोमा प्रहरीको पहुँच पुर्याउनको लागि यो कार्यक्रम आवश्यकता रहेकोले बताउनु भएको थियो ।
कार्यक्रममा सुनवर्षी नगरपालिकाका नगर प्रमुख, बरिष्ठ प्रहरी अधिकृतहरू, टाईम्स अस्पताल रंगेलीका प्रबन्ध निर्देशक लगायत जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी लगायतका सर्वसाधारणहरूको उपस्थिति रहेको कार्यक्रम साँझ १६:३० बजे शान्तपुर्वक समाप्त भएको थियो ।