- सागर थापा
फागुन २४, दाङ । दाङमा लखनकपको फागुन २५ गते हुने खेलमा युएनविसी एकेडमीले सहभागी नहुने बताएको छ ।
शुक्रबार एक पत्रकार सम्मेलन गरी युएनविसीका अध्यक्ष बुद्दीराम पुनले फिफाको नियम अनुसार हामी विजयी भैसक्यौ त्यसैले नियम मिचेर हामी शनिबार हुने खेलमा सहभागी नरहने बताउनु भयो । घोराहीमा फागुन २ गते देखि भैरहेको प्रथम लखन थापा कप फुटबल प्रतियोगिता फाइनल खेल स्थगित भएपछि रेफ्रीले सिठी बजाएर युएनबिसी एकेडमीलाई विजयी घोषित गरेको थियो ।
नेपाल मगर संघले शनिबार पुन आयोजना गरेको फाइनल खेलमा युएनबिसी सहभागी नहुने भएको छ । युएनबिसीले आज घोराहीमा पत्रकार सम्मेलन गरी संघले भोली आयोजना गरेको फाइनल खेल फिफाको नियम विपरित भएको भन्दै खेलमा सहभागी नहुने भएको हो ।
फागुन १७ गते आयोजना गरिएको फाइनल खेलमा बडहरा युवा क्लबका खेलडीले रेड कार्ड पाएपछि बडहरा युवा क्लब फुटबल मैदानबाट बाहिरीएको थियो । क्लब बहिरीएपछि रेफ्रिले युएनबिसीलाई बिजयी भएको घोषाणा गरेपनि आयोजकले फेरी शुरुबाट खेलको आयोजना गर्नु नीतिनियम बिपरित भएको भन्दै खेलमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष बुद्धिराम पुनले जानकारी दिनुभयो ।