फागुन २४, काठमाडौं । आज ८ मार्च अर्थात् १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस महिला र पुरुषबीच सन्तुलनलको नाराका साथ दिवस मनाइँदै छ । नेपाल लगायत संसारभर महिला आन्दोलनको गौरवमय इतिहासको समीक्षा गर्दे मनाउने गरिन्छ । महिला आन्दोलनको इतिहासलाई हेर्दा ८ मार्च १९०९ बाट अमेरिकाको न्युयोर्क सहरका कपडा कारखानाका मजदुर महिलाहरूबाट सुरु भएको थियो । यहीबाट सूत्रपात भएको महिला आन्दोलनले विभिन्न उपलब्धिलाई संस्थागत गर्दे हालसम्मको स्थितिमा आइपुगेको छ । अमेरिकाबाटै सुरु भएको यो आन्दोलनले विभिन्न कालखण्ड पूरा गर्दै उग्रवादी महिलावाददेखि समाजवादी महिलावादसम्मको बहस पार गरेर हालसम्मको आइपुगेको छ । आन्दोलनको सूत्रपात भएको अमेरिकामा अझै आधा हिस्सेदारको माग गर्दै आइरहेको छ । यस अवसरमा के के भनेत महिला नेतृहरुले सामाजिक सञ्जालमा हेरौं ।
माननिय खानेपानी मन्त्रि बिना मगर लेख्नुभएको छ- “१०९ औं अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा सबैमा हार्दिक शुभकामना ।”
अखिल अध्यक्ष नविना लामा लख्छिन ”१०९ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सवै संघर्षको उपलब्धलाईं रक्ष् गर्दै आर्थिक ,राजनीति र शैक्षिक समृद्धिले मात्रै निति निर्माण तहमा महिलाको सही र सक्षम प्रतिनिधित्व गर्न सक्छ त्यसैको लागी थप अदम्य सहासका साथ अगी वड़ौ हार्दिक शुभकामना !!!!” यस्तै पम्फा भुसाल लेख्छिन १०९औ अंतर्राष्ट्रिय श्रमीक महिला दिवशको अवसरमॉ नेपाल र बिश्वभरका समाजबाँदी र श्रमजीवी महींलाहरुमॉ हार्दिक शुभकामना ।