- श्याम लामिछने
अक्षरहरु बटुलेर
थान्को लगाउदैछु मनका भावना
कापीका पानाहरु भित्र
जोडेर शब्दहरु ।
कहिले सुख सम्झेर लेख्छु
कहिले दुख देखेर लेख्छु
कहिले आफ्नै ब्यथाहरु पोक्छु
कहिले अरुका कथाहरु देख्छु
यतिखेर तिम्रा भावना समेटदै छु
दुई चार हरफहरुमा
तिमी जस्तै
कोमल र सुन्दर
ममताको प्रतिमुर्ति सम्झियर ।
नारी योजना हौ जगतको !
बिकास भएर दौडिन्छ समय
मुल हौ सिर्जनाको
आबिस्कार भएर उड्छ आकश
अनि निकास भएर बग्छ खोला
निरन्तर माया पोखेर प्यास मेट्न ।
आफ्ना जाँगरहरु कोरल्न
सिकाइ रहिछ्यौ सत्य र सत्कर्मका पाठहरु ।
दिशानिर्देश गर्दैछ्यौ समाज
नयाँ युग तिर
थपेर नौला नौला आयाम
यो धर्ती माझ ।
शब्द,स्वर र धुनको सङगम भएर
गुन्जिरहेछ सङित
तिम्रो सिर्जनामा
हरेक उतार चडाब बिच जिवनमा
परिस्रम र पसिनाको मसि दलेर
कोर्दैछ्यौ एउटा चित्र ममताको
तिम्रा सुन्दर मनहरु बाट
फुलाइ रह्यौ सुगन्धका फूलहरु भने
अबस्य निर्माण हुन्छ एउटा स्वछ्न्द संसार ।
तिम्रा बिचारहरु बटुलेर
फडको मार्दैछ समय
रचेर स्वर्णिम इतिहास
हरेक सिर्जना र आबिस्कार सङै
बनेर आधा आकाश ।
तारकेश्वर न।पा २, काठमाडौं