• २०८० चैत्र १६ गते शुक्रवार

आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस

पढ्न लाग्ने समय : २ मिनेट

फागुन २४, काठमाडौं । आज ८ मार्च अर्थात् १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस महिला र पुरुषबीच सन्तुलनलको नाराका साथ दिवस मनाइँदै छ । नेपाल लगायत संसारभर महिला आन्दोलनको गौरवमय इतिहासको समीक्षा गर्दे मनाउने गरिन्छ । महिला आन्दोलनको इतिहासलाई हेर्दा ८ मार्च १९०९ बाट अमेरिकाको न्युयोर्क सहरका कपडा कारखानाका मजदुर महिलाहरूबाट सुरु भएको थियो । यहीबाट सूत्रपात भएको महिला आन्दोलनले विभिन्न उपलब्धिलाई संस्थागत गर्दे हालसम्मको स्थितिमा आइपुगेको छ । अमेरिकाबाटै सुरु भएको यो आन्दोलनले विभिन्न कालखण्ड पूरा गर्दै उग्रवादी महिलावाददेखि समाजवादी महिलावादसम्मको बहस पार गरेर हालसम्मको आइपुगेको छ । आन्दोलनको सूत्रपात भएको अमेरिकामा अझै आधा हिस्सेदारको माग गर्दै आइरहेको छ ।

नेपालमा यो दिवस २०४७ सालबाट औपचारिक रूपमा मनाउन सुरु गरिएको हो । नेपालमा महिला आन्दोलनको इतिहासलाई हेर्दा राजेन्द्रलक्ष्मीको नायवी ९१८३४–१८४२० देखि हालसम्मको अवस्थालाई हेर्नुपर्ने हुन्छ । यस अवधिमा नेपालले सर्वोच्च पद राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी, पहिलो महिला सभामुख ओनसरी घर्ती, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीसम्मले कुशल जिम्मेवारी वहन गरिसकेका छन् । नेपाली महिलाले नयाँ इतिहास रच्दै राष्ट्रको सर्वाच्च पददेखि न्यायालय र सदनसम्मलाई नेतृत्व गरिसकेका छन् ।

नेपालमा महिला हिंसाको दरलाई हेर्दा अधिकांश महिला अझै घरेलु हिंसा भोग्न बाध्य रहेको पाइएको छ । प्रहरीमा आउने घटनामध्ये धेरै मात्रामा यस्ता घरेलु हिंसामा पर्ने गरेको उजुरी पर्ने गरेको प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार घरेलु हिंसापछि सार्वजनिक स्थलमा दुव्र्यवहारका घटना र तेस्रो नम्बरमा हत्या तथा बलात्कारजस्ता जघन्य अपराधका घटना प्रहरीकोमा आउने गर्दछन् । राष्ट्रिय महिला आयोगले तयार पारेको तथ्यांकअनुसार पनि महिलाहरु विभिन्न हिंसाका सिकार हुने क्रममा कमी आउन
सकेको छैन ।

महिला आयोगमा परेका मुद्दामा महिलाहरू ३६ प्रतिशत मानसिक यातना भोग्न बाध्य रहेको, २९ प्रतिशत आर्थिक रूपमा पीडित बनेको , २५ प्रतिशत महिला विभिन्न कारण भौतिक रूपमा आक्रमण पर्ने गरेको र १० प्रतिशतले यौन हिंसामा परेको देखिएको छ ।

मिटुजस्ता अभियान, महिला सचेतना लगाायतका कारण ले अचेल महिलामाथि हुने हिंसामा कमी भएको देखिन्छ । अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउ नसक्दा नेपालमा महिला हिंसाको घटनामा कमी आउन सकेको देखिँदैन । निर्मला पन्तका हत्यारा अझै पत्ता नलाग्नु, सार्वजनिक यातायातमा महिलामाथि भएको दुव्र्यवहारको भिडियो सार्वजनिक हुनु र बारम्बार सामाजिक सञ्जालको दुरुपयोग गरी महिलामाथि आक्रमण हुनुले अझै महिला अधिकारको क्षेत्रमा चुनौती थपिएको छ ।

Khabar24nepal टिमको तर्फबाट पनि १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको सबै नारीहरुलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस