• २०८१ मङ्सिर २२ गते शनिवार

ओझेलमा दैलेखका ऐतिहासिक ,पुरातात्विक सम्पदा (फोटो फिचर)

पढ्न लाग्ने समय : ३ मिनेट

पंखबहादुर शाही
माघ २५, दैलेख /
दैलेख जिल्ला ऐतिहासिक तथा पुरातात्विक सम्पदाको भरिपुर्ण, पर्यटनको निकै सम्भावना बोकेको जिल्ला हो । नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैेलेखको दुल्लुमा रहेको छ ।
सबैभन्दा पुरानो मानिएको नेपाली भाषाको वि.स. १ हजार ३८ को किर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको पहिलो ९ सय ३८ बर्ष पुरानो सिलालेख समेत दुल्लु क्षेत्रमै रहेको छ । तामुपाल, शिलालेख ,पृथ्वी मल्लले बनाएका हुन् ।, पाथरनाउली, सातखम्ब, पञ्चदेवल, बाणगंगा, सात खम्बा, पौवा दरबार,, दुल्लुदरबार, दुल्लु क्षेत्रमै रहेका छन् ।


अन्य पर्यटकीय स्थलहरुमा गुराँसे, रानिमत्ता, राकम कर्णाली, महाँबुधाम , ठाँटीकाँध गाउँपालिकाको मदानताल, धौलापडागुफा,ठुली छहरी,भिमपाइला,बिजारेचौर, तिनचुले, मालिका मन्दिर, नाँकेगुफा, द्धारी झरना, कुईयाँको ताल, भैरब कुन्ड, धाउरपानी गुफा, रानिगुफा, छहारी गुफा चामुण्डाको जल गुफा पर्दछन् ।

नेपालकै पवित्र तिर्थस्थलमध्ये पञ्चकोशी तिर्थस्थल यही जिल्लामा रहेको छ । श्रीस्थान, नाविस्थान, कोटीला, पादुका, धुलेश्वर, भैरवी, तल्लोढुगेश्वर मुख्य तिर्थस्थलहरु हुन् ।
जिल्लाको सदरमुकाम क्षेत्र भित्र बेलासपुर ,सदरमुकाममै जोडिएको ऐतिहासिक कोतगढी, जिल्लाभर रहेका ऐतिहासिक देवलहरुमध्ये सवैभन्दा धेरै २५ देवल रहेको भुर्ती स्थित पञ्चदेवल रहेका छन् । पञ्कोशी तिर्थ यात्रा पुरा गरे जिवनमा गरेका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनहरुको विश्वास रहेको छ ।


काठमाडौँ र लुम्बिनीपछि महत्तपुर्ण ऐतिहासिक, धार्मिक एवं पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको जिल्ला यहाँका सम्पदाको प्रचार–प्रसार र पूर्वाधार विकासका अभाव छ । पछिल्लो समय दुल्लु नगरपालिकाले सम्पदाको संरक्षणको लागी पौवा घरलाई संग्रालय बनाएर हजारौँ बर्ष पुराना लोपन्मुख सामानहरु राखिएको छ । अहिले सम्पदाको प्रचार–प्रसार गर्नको लागी दुल्लु नगरपालिकाले बिभिन्न साँस्कृतिक कार्यक्र गर्दै आईरहेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

केहि पर्यटकीय क्षेत्रको तस्वीर
१) पञ्चकोशी : श्रीस्थान

२) पंचदेवल दैलेख

३) पञ्चकोशी नाविस्थानको स्वमिको वृक्ष

४) नाभिस्थान

५) बौद्धको मुर्ति : पादुका

६)ठाँटीकाँध गाउँपालिकामा रहेको ठुलीछहरी झरना

७)बालेश्वर पार्क : दुल्लु

८)पंचकोशी ज्वाला

९),सदरमुकाममै जोडिएको ऐतिहासिक कोतगढी

१०)महावु धाम, सवैभन्दा अग्लो र जहाँ सयौँ पर्यटक भित्राउन सकिनेछ।


११) पश्चिम दैलेखको ठाँटीकाँध गाउँपालिकामा रहेको बिजारे चौर समुन्द्रसतहीबाट २ हजार ३ सय अग्लो पहाडको थुम्कोमा रहेको बिजारे चौर सँरक्षण सँगै पर्यटकको पर्खाइमा छ ।

Digital StillCamera

१२) पुन स्थापनाका नपरेको दुल्लु दरबार ।

१३ ) दैलेख बजार ।

तस्विर : पंखबहादुर शाही (दैलेख)

प्रतिक्रिया दिनुहोस