• २०८१ मङ्सिर २४ गते सोमवार

बार एसोसिएसन दाङको निर्वाचनमा सयुक्त प्यानल चुनाबी मैदानमा, अधिबक्ता घिमिरे अध्यक्ष मौसम उपाध्यक्ष पदमा

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

मंसिर २१, दाङ । घोराही,मसिर २१ नेकपा दाङले जिल्ला बार एशोसियसन दाङको नयाँ नेतृत्व चयनका लागि यहीँ मङ्सिर २८ गते हुन लागेको निर्बाचनमा शिबप्रसाद घिमिरे नेतृत्वको कांग्रेस निकट र कम्युनिष्ट निकट कानुन ब्यबसायीहरु मिलेर घोषणा गरिएको सयुक्त प्यानललाई समर्थन गरेको छ ।

नेकपा घोराही उपमहानगरका सयोजक राममणि पाण्डेले घिमीरे नेतृत्वको सयुक्त प्यानलमा उपाध्यक्षमा मणिराज आचार्य(मौसम)ले नेतृत्व गरेको भन्दै आचार्य रहेको प्यानललाई नै नेकपाको आधीकारीक समर्थन रहेको बताए । त्यस्तै नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले पार्टीको आधीकारिक निर्णय बाट नै सयुत्त प्यानललाई निर्वाचनमा पठाएको बताए । तर, घिमिरे नेतृत्वको सयुक्त प्यानलमा नेकपा निकट कानुन ब्यबसायीहरु उपाध्यक्ष, कोषाध्यक्ष र केहि सदस्यहरु पाएको छ ।

ऋषिराज न्यौपाने नेतृत्वको कांग्रेस र बामपन्थि कानुन ब्यबसायी मिलेर अर्को सयुक्त प्यानल चुनाबी मैदानमा छ । यो प्यानललाइ नेपाली कांग्रेस दाङले समर्थन गरेको छ । कांग्रेस दाङका सभापती कीर्तिबहादुर खड्काले न्यौपाने नेतृत्वको सयुक्त प्यानलको पक्षमा मतदान गर्न आग्रह गरेका छन । कांग्रेसमा न्यौपानेको विरुद्धमा सो पार्टीकै घिमिरेले बागी हालेका छन भने बामपन्थिमा आचार्यको विरुद्धमा उपाध्यक्षमा उनकै पार्टीका ठाकुर वलिले बागी हालेका छन । त्यस्तै सचिब र कोषाध्यक्षसहित अन्य सदस्यहरुमा पनि पार्टीका आधीकारीक एक अर्का उम्मेद्वार विरुद्ध मनोनयन दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुहोस