• २०८१ चैत्र ३ गते सोमवार

भालुवाङ्मा भारती बिस्तारवाद मुर्दावाद भन्दै लिपुलेख कालापानी हाम्रो हो भन्दै बिरोध सभा

पढ्न लाग्ने समय : १ मिनेट
  • विदुर एमसी, दाङ

कात्तिक २१, दाङ । दाङको भालुवाङ्गमा भारतीय विस्तारवाद मूर्दावाद भन्दै सम्पूर्ण देशभक्त नेपाली युवाहरू भालुवाङ्ग पुल्चोकस्थित इच्छुक चोकमा गर्जिए ।

सम्पूर्ण नेपाली राष्ट्रभक्त युवा आयोजक रहेको दाङ्ग देउखुरीको भालुवाङ्ग पुल्चोकको उक्त विरोध र्‍यालीमा युवा पत्रकार जमीर शाहले भारतीय विस्तारवादले अतिक्रमण गरेको सुदूरपश्चिम नेपालमा रहेको दार्चुला जिल्लाको लिपुलेख, कालापानी र लिम्पियाधुरा फर्काउन सरकारी तवरबाट पहल गर्नुपर्नेमा जोडदिए । आशाका किरणहरु नामक सस्थाको पहलकदमीबाट थालिएको सो विरोध कार्यक्रममा विद्यार्थी नेता अशोक बेलवासे लगायतका वक्ताहरुले भारत सरकारले गरेको उक्त कदमको डटेर विरोध गरे ।

विरोध कार्यक्रम विहिवार बेलुका सम्पन्न भएको थियोे । भारतीय पक्षबाट यस्तो अक्षम गल्ती हुँदा नेपाल सरकारले बेनामे विज्ञपति जारी गर्नु आम देशभक्त नेपालीहरुका लागि अत्यन्तै दु:खद कुरा भएको विद्यार्थी नेता बेलवासेले ठाेकुवा गरे ।

प्रतिक्रिया दिनुहोस