• २०८२ जेष्ठ २ गते बिहिवार

बाजुरामा प्रथम आलु महोत्सव सुरु

पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार, बाजुरा

कार्तिक २१, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखी सूरू भएको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री विनाचौधरीले गरेकी छन । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषिज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष धर्म राजपाध्यायले बताए । कार्तिक २० गतेबाट संचालन भएको महोत्सवमा बिभिन्न स्थानीय देउडा राष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेको बताईको छ।

महोत्सवमा ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी, आलुका ताजा तरकारीहरुको वृहतप्रदर्शनी, आलुका विभिन्न परिकारहरु प्रदर्शनीगर्ने र मेलालाई भव्य रुपमा सफलपार्ने आयोजकले बताएको छ । महोत्सव २२ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस