• २०८१ फाल्गुन ७ गते बुधवार

सिरहामा एकको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१, सिरहा। घाँटी रेटेर हत्या गरेको अवस्थामा सिरहामा एक पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार सिरहा नगरपालिका वडा नम्बर-१२ सारसर बेल्हास्थित कमला नदीको पूर्वी तटबन्धको पूर्वपट्टि शव फेला परेको हो।

रक्ताम्मे ती पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको अनुमान प्रहरीको छ।

बिहीबार बिहान स्थानीयहरू घरबाहिर निस्कँदा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ५० वर्षीय देखिने ती पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस