कार्तिक २१, भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ चोरदोबाटोमा सवारी दुर्घटनाका घाइते पैदलयात्रीको उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।
आइतबार चारदोबाटो चोकमा पैदल हिड्दै गरेका सिनामंगलका ६५ वर्षीय विष्णु बहादुर नेपालाई बा ५३ प २४ ८७ नम्बरको स्कुटरले ठक्कर दिदा घाइते भएको उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठककर दिने स्कुटर चालक प्रहरीको सम्पर्कमा रहेका छन् ।