• २०८२ बैशाख ५ गते शुक्रवार

पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१,कास्की । कास्कीको पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा विस्फोट भएको हो ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । त्यअघि निर्वाचन अधिकृतको कार्यालय नजिक बम बिस्फोट भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगेको केही समय पछि बम विस्फोटको आवाज आएको नेकपाका एक स्थानीय नेताले बताए । भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छिन् ।

बम विस्फोटको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस