- धर्म सुनार बाजुरा संवादाता
भाद्र २१ बाजुरा । बाजुरामा जिल्ला हलिया मुक्ति समाज बाजुराले ११ औँ मुक्त हलिया दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । मुक्त हलियाको न्यायिक पुर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ पिसवीन बाजुरा, एच.आर.सी. बाजुरा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, हलिया महासंघ डडेलधुरा को आर्थिक सहयोगमा र जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजनाम यो कार्यक्रम गरिएको हो ।
२०६५ भाद्र २१ गतेको दिन नेपाल सरकारले हलिया मुक्त घोषण गरेको हुदा भाद्र २१ गते हलियाहरुले मुक्त हलिया दिवस मनाउदै आइरहेको जिल्ला हलिया भुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्किले बताए । हिजोको समयमा स्थानिय, प्रदेश र प्रतिनिधिको चुनव हुदा दलितले पनि मतदान गरेर नेताहरुलाइ निबाचित गराए निवाचित भैसकेपछि दलितहरुकोवास्था नगरेको, हलियाको कार्यक्रममा निम्ता गर्दा पनि बढिनन्दा नगरपालिका प्रमुखे कार्यक्रमलाइ वास्था नगरेको अध्यक्ष विकले बताए । अध्यक्ष लालविर सार्किले बाजुरामा रहेका छुटमुक्त हलियाहरुको पुनह तथ्याङ्क संकल गर्ने सरकार , जिल्ला र स्थानिय सरकारलाइ आग्रह गरे । जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्किको अध्यक्षमा संचालन भएको कार्यक्रमा प्रमुख अतिथि बुढिनन्दा नगरपालिकाकि उप–प्रमुख सृष्टी रेग्मी रहनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उप–प्रमुख सृष्टी रेग्मीले नगरपालिकामा दलितहरुको रकम आएको कहा जान्छ केमा खर्च हुन्छ यो कुराको तपाइले खैत अहिले सम्म खोजिनिति गरेको ? भनेर प्रश्न खडा गर्नु भएको थियो । दलितको रकममा बहुमतको आधार ले गर्दा आफुले केहि गर्न नसकेको, त्यसको खोजिनिति दलितको न्यतृत्व गर्दै आएका दलित अगुवाहरुले आफैले खोजिनिति गर्न आग्रह गरिन । दलितहरुका समस्याहरु लाई नगर कार्यपालिकाको बैठकमा उठाउने र आगमिदिनमा दलितको विषयलाई अगाडी बढाउने उपप्रमुख रेग्मीले प्रतिवद्धता गरिन । जयलाल वि.क. ले संचालन गरेको कार्यक्रममा हलिया मुक्ति समाज बाजुराका उपध्यक्ष हिक्मत वर्ड ले गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण राजनितिक दल जनप्रतिनिधि, हलिया कर्मि, सरकारी तथा गैरसरकारी सस्थाका प्रमुख एवं प्रतिनिथि, पत्रकार विभिन्न ठाउ–टाउ बाट हलियाहरुको बाक्लो उपस्थिति रहेको थियो । बाजागाजा सहित आफ्ना मागका लाई सम्बोधन गर्दे बजार ¥यालि का साथ विभिन्न कला महिला देउडा प्रतियो गिता , नृत्य, ठिडिभाका सहित को प्रस्तुति रहेको थियो ।