• २०८१ पुष २९ गते सोमवार

बाँके प्रहरीले अबैध २० कुईन्टल युरिया मल बरामद

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

 भाद्र २१,बाँके । बाँके ईलाका प्रहरी कार्यालय कोहलपुरले बेवारिसे अवस्थामा रहेको अबैध रासायनिक युरिया मल बरामद गरेको छ ।

नेपालगन्ज देखि सुर्खेत लाग्दै गरेको २० कुईन्टल अबैैैध रासायनिक युरिया मल बरामद गरेेेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले बताएका छन । उनका अनुसार बिहिवार आकस्मिक चेक जांचका क्रममा भन्सार छली अबैैैध पैठारी गरिएको बेवारिसे अबस्थामा रहेेेको उक्त अबैध मल कोहलपुर ११ बाट बरामद गरेको हो ।

बरामद गरिएको अबैध युरिया मललाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको बाँके प्रहरीले जनाकरी दिएको छ।

प्रतिक्रिया दिनुहोस