• २०८० मङ्सिर १५ गते शुक्रवार

बिराटनगरबाट हत्या गर्ने योजना सहित आएका व्यक्ति हतियार सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, मोरङ । हत्या गर्ने योजना सहित बिराटनगर महानगरपालिका-९ स्थित मेट्रोसिटी होटलमा आई बसेका भारत सितामढी घर भएका १९ वर्षीय कुनाल कुमारलाई २ थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजिन र ८ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट उक्त हतियार र गोली सहित साथी राज कुमारसँगै बिराटनगर आएका कुनाल र बिराटनगर महानगरपालिका-८ बस्ने मन्नु गुप्ता समेतले सोही ठाउँका एक व्यक्तिलाई मार्ने योजना बनाई सर्लाही बस्ने हरिनारायण झा र भारत सितामढी बस्ने राकेस झा समेतलाई परिचालन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानको क्रममा निज कुनाल तथा मन्नु गुप्ता र हरि नारायण झालाई समेत जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । उनीहरुलाई हातहतियार तथा खरखजाना ऐन तथा संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान गरी हाल अभियोजनको लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस