- सागर थापा
साउन २२, बाँके । बाँके सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हे.क्वा. बागेश्वरी बाँकेका गणपतिमा सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीको सरुवा भएको छ ।
एसपी दिपक अधिकारीलाई गणमा एक कार्यक्रम गरी कार्यालयमा स्वागत गरिएको छ। यसैगरी सरुवा भई सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुर जान लाग्नुभएका सशस्त्र प्रहरी प्रमुख एसपी भेष बहादुर शाहलाई बिदाई गरिएको छ । सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारी सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हे.क्वा. कपिलबस्तुबाट सरूवा भई बाँके गणमा आउनुभएको हो ।