• २०८० मङ्सिर १३ गते बुधवार

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो ।

स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् ।

स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।१९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् ।

उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा आएका खराबीका कारण उनले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस